पत्त्याउनु हुन्छ ? यी १ वर्षकी बच्चीले आफ्नी आमालाई क्यान्सरबाट यसरी बचाइन् !
एजेन्सी, २१ माघ । इङल्याण्डको हल शहरमा बसोबास गर्दै आएकी एक महिलालाई आफ्नी एक बर्षकी छोरीले बचाएकी छिन् ।
पेशाले नर्स रहेकी ४० वर्षिय क्लेयर ग्रेनभि नामकी ती महिलाकी एक बर्षीय छोरीले उनलाई बचाएकी हुन् ।
एक बर्षकी बच्चीले आफ्नी आमालाई कसरी बचाइन् भनेर तपाइँ पक्कै अचम्मित हुनुभयो होला । यस बारेमा यस्तो छ नालीबेली ।
ती महिलाको १ वर्षकी छोरीले अचानक आमाको बायाँ स्तनको दूध चुस्न छोडिन् । सुरुमा त सामान्य नै लागेका थियो । जब उनी डाक्टर कहाँ गएर चेक जाँच गराइन् त्यसपछि उनको होस उड्यो । चेक जाँच पछि थाहा भयो की ती महिलाको बायाँ स्तनमा क्यान्सर सुरु भएको थियो ।
सुरुवाती चरणमै रहेको क्यान्सर तुरुन्तै उपचार पाएको कारण निको भयो । यतिबेला ती महिला क्यान्सरमुक्त भएकी छन् । आफ्नो ज्यान बचाउन छोरीले गरेको व्यवहारप्रति उनी आभारी रहेकी छन् ।
वास्तवमा उनको स्तनमा १० सेन्टिमिटरको ट्युमर पलाएको थियो । जसले क्यान्सरको रुपा धारण गरिसकेको थियो । त्यसपछि तुरुन्तै किमोथेरामी र रेडियो थेरापी गरेर क्यान्सरलाई पुर्ण रुपमा अन्य गरिन् ।
उनी भन्छिन्, ‘सायद मेरो छोरीले पहिले नै यसको लागि आफुमा आएको खतराको आभास नगराएकी भए यस्तो गम्भिर रोग बारे थाहा पाउने थिइन । क्यालेयरलाई आएको अलौकिक शक्तिले पूर्वाभास गर्न सक्ने ठान्छिन् ।’ तर उनको यस्तो शक्ति कहाँबाट आयो भन्ने बारे कसैले बुझ्न सकेका छैनन् ।