क्युबामा शक्तिशाली आँधी : ६ जनाको मृत्यु, सयौं प्रभावित !
हवाना, २१ माघ । क्युबाको राजधानी हवानामा आएको शक्तिशाली आँधीमा परी छ जनाले ज्यान गुमाएक छन् ।
गत हप्ता आएको आँधीमा परी मृत्यु हुनेको संख्या छ पुगेको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई बताउनु भएको छ ।
यसअघि यसमा आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो ।
आँधीको कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे ,पादरोन र टेन डे ओक्टेब्रे शहरहरु गत जनवरीको २७ तारीखबाट नै प्रभावित भएका थिए ।