बिराटनगरमा पनि सुरु गरियो श्रम स्वीकृतिको काम
काठमाडाैं, २१ माघ । नेपाल सरकारले ७ वटै प्रदेशबाट श्रमस्वीकृति सेवा शुरु गरेको छ ।
प्रदेश नम्बर १ काे विराटनगरबाट सरकारले बुधबारदेखि सेवा आरम्भ गरेसँगै ७ वटै प्रदेशबाट श्रमस्वीकृतिको काम शुरु भएको हाे।
विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा आरम्भका लागि प्राविधिक तथा व्यवस्थापनको तयारी पूरा भएको श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।
विराटनगरमा श्रम कार्यालय स्थापना भएसँगै सात वटै प्रदेशमा श्रम कार्यालय स्थापना गरिएकाे छ ।
कार्यालय स्थापना गरिएपछि श्रम स्वीकृतिका लागि काठमाडाैं धाउनुपर्ने बाध्यता हट्नेछ । प्रदेशस्थित श्रम कार्यालयबाट पुन: तथा व्यक्तिगत श्रम स्वीकृति लिन सकिने मन्त्रालयले जनाएकाे छ ।