सरकारले छाप्यो ‘गोजी संविधान’, सबैलाई नि:शुल्क उपलब्ध गराउने !


काठमाडौं, २१ माघ । सरकारले पहिलो पटक ‘गोजीमा अट्ने संविधान’ प्रकाशन गरेको छ ।

संविधानप्रति सर्वसाधारणमा सचेतना फैलाउने उद्देश्यले सरकारले ‘गोजी संविधान’ प्रकाशन गरेको हो ।

संस्थागत सुधारमार्फत् न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले गोजीमा सहजै अट्ने गरी संविधान पुस्तिका छापेको समाचारमा उल्लेख गरिएको छ ।

प्रत्येक घरमा संविधान पुर्‍याउने उद्देश्यले संविधान पुस्तिका प्रकाशन गरेको कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले जानकारी दिए । ‘एक घर, एक संविधान पुर्‍याउने हाम्रो लक्ष्य हो,’ सहसचिव गौतमले भने । उनका अनुसार नमूनका रुपमा २० हजार प्रति संविधान छापिएको छ ।

‘अहिलेका लागि निःशुल्क बाँड्ने गरी छापिएको छ, सबै यसैगरी बाँड्न सकिन्छ कि सकिन्न भन्ने विषयमा छलफल चलिरहेको छ,’ मन्त्रालयका प्रवक्ता समेत रहेका अर्का सह–सचिव धनराज ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement