अबैध रुपमा अमेरिका प्रवेश गर्न आप्रवासीहरुलाई ‘नो चान्स’ : मेक्सिकोसँगको सीमा क्षेत्रमा थप दुई हजार अमेरिकी सैनिक तैनाथ !


वासिंटन, २१ माघ । अमेरिकामा आप्रवासीको अवैध प्रवेशलाई रोक्न अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

योसँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको संख्या ४ हजार ३ सयभन्दा बढी हुनेछ ।

मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ले जनाएको छ ।

सीमा क्षेत्रबाट हुने आप्रवासीको अवैध प्रवेशलाई रोक्न राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै आएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्तावित सीमा पर्खालका लागि सरकारी कोषबाट रकम लिनका लागि कांग्रेससँग संघर्ष गरिरहेका बेला रक्षा मन्त्रालयले थप सुरक्षाकर्मी सीमामा तैनाथ गर्ने निर्णय गरेको हो ।

सीमा पर्खालका लागि सरकारी कोषबाट रकमको व्यवस्था हुनुपर्ने ट्रम्पको अडान तथा डेमोक्र्याटिक पार्टीको त्यसविरुद्धको अडानका कारण ३५ दिनसम्म संघीय सरकारी कार्यालयको काम समेत प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement