कांग्रेसले र्‍यालीमा वाइडबडी उडाउँदै सरकारलाई प्रश्न गर्यो : “प्रधानमन्त्रीजी, वाइडबडी काण्ड कता हरायो ? “


काठमाडौँ, २१ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार विरुद्ध आज देशव्यापी प्रदर्शन र बिरोधसभा गर्दै छ ।

सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्ने भएको हो ।

विरोध प्रदर्शनमा सहभागी हुन अधिकांश शीर्ष नेताहरू जिल्ला पुगिसकेका छन् । कांग्रेसका अनुसार प्राय शीर्ष नेताहरू आफ्नो गृह जिल्ला पुगेका छन् ।

यता राजधानीमा कांग्रेसले रत्नपार्कस्थित शान्तिबाटिकाबाट प्रधानमन्त्रीको पुत्लासहितको र्‍याली निकालेको छ । ठूलो संख्यामा कांग्रेस समर्थक र्‍यालीमा सहभागी भएका छन्।

सरकारले वाइडबडी विमान प्रकरणलाई गुपचुप राख्न लागेको विषयलाई कांग्रेसले व्यङ्ग्यात्मक ढंगले विरोध जनाएको छ ।

वाइडबडी प्रकरणमा छानबिन गर्न सरकारले ढिला गरेको तर्फ व्यङ्ग्य गर्दै प्रतिकात्मक जहाज समेत र्‍यालीमा उडाइएको छ । “प्रधानमन्त्रीजी वाइडबडी काण्ड कता हरायो” भन्ने प्रश्न लेखिएको प्रतिकात्मक जहाज सहितको र्‍याली शान्तिबाटिकाबाट शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement