ओली सरकार बिरुद्द पहिलो पटक कांग्रेस सडकमा, प्रधानमन्त्री ओलीको राजिनामा माग, ७७ वटै जिल्लामा कांग्रेसको विशाल प्रदर्शन


काठमाडौँ, २१ माघ । फितलो प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्ने आलोचना हुदै गर्दा नेपाली कांग्रेसले अब भने सडकबाट विरोध प्रदर्शन थालेको छ । केपी ओली नेतृत्वको सकारको कामले विश्व चकित भएको ओलीकै दावीलाई चुनौति दिदै कांग्रेसले आन्दोलनको चेतावनी दिएको थियो ।

हिजोको संसद बैठकमा कांग्रेस नेता तथा सांसद गगन थापाले कांग्रेसको आन्दोलनले अब सरकार आश्चर्यचकित हुने पालो आएको अभिव्यक्ति दिएका थिए । वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिनेलगायत मुद्दा कांग्रेसले विरोध सभामा उठाएको छ।

थापाले भनेझैँ कांग्रेसको प्रदर्शनले सरकार आश्चर्यचकित होला नहोला । तर कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

दुई तिहाइको दम्भले सरकार अधिनायकवादतर्फ उन्मुख रहेकोले विरोध गर्न देशैभर प्रर्दशन गर्न लागिएको कांग्रेसको भनाइ छ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement