बेलायती सेनाको पाँचौं नेपाली कर्णेल बनेर सम्पूर्ण नेपालीलाई गौरवान्वित तुल्याए स्याङजाका देवेन्द्र आलेले


काठमाडौं, २१ माघ । सदियौंदेखि बेलायत सरकारले गोरखा सैनिकहरुमाथि विभेद गर्ने गरेका समाचार आइरहेका बेला एक गोरखा सैनिकले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएका छन् ।

स्याङजाका देवेन्द्र आले बेलायती सेनाको लेफ्टीनेन्ट कर्णेलमा बढुवा हुने पाँचौं नेपाली बनेर नेपालीहरुको लागी गौरबमय इतिहास बनाएका हुन् ।

३० वर्षदेखि बेलायती सेनामा रहेका आले बेलायती सेनाको यो उच्च पदमा पुग्ने पाँचौं भाग्यमानी गोरखा सैनिक बन्न पुगेका छन् ।

उनी गएको बिहीबार मात्र कर्णेल पदमा बढुवा भएका हुन् । स्याङ्जा बहाकोट भञ्ज्याङका आलेका चार पुस्ता सैनिक छन् । उनका पिता मोतीप्रसाद पनि ब्रिटिस गोरखा सैनिकमा क्याप्टेन भएका थिए ।

उनका हजुरबुबा प्रजातन्त्र सेनानी हुन् । सिंगापुरमा जन्मिएका उनको पढाई भने हङकङ र नेपालमा भएको थियो । हङकङको स्कुल पढेका उनले अमृत साइन्स कलेज काठमाडौंमा आइएसी गरेका हुन् । त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दा पढ्दै उनी बेलायती सेनामा क्लर्क पदबाट भर्ना भएका थिए ।

यसअघि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा बेलायती सेनाको लेफिट्नेन्ट कर्णेल पदमा पुगेका थिए । सो पदमा पाँचौ नेपाली बनेका आलेले करिब तीन वर्षपछि अवकाश पाउने छन् । ब्रिटिस सेनामा आफूले पाएको यो सफलता सिङ्गो नेपालीको सफलता र गौरव भएको आले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement