फेसबुकबाट भेट अनि प्रेम छोरा जन्मिएपछि आमा र ३ महिने छोराको हत्या


एजेन्सी। सामाजिक संजाल फेसबुकबाट भेट भएर करिब २ बर्ष सम्म प्रेम चलेपछि छ महिना मात्रै अगाडी विवाह बन्धनमा बाधिएका जोडी जसले आफ्नै श्रीमानले ३ महिनाको छोरा र श्रीमतीको हत्या गरे ।

घटना हो भारतको कर्नाटक स्थित बेंगलुरुको। बेंगलुरुको मदनायकनहल्ली बस्ने राजूले शुष्मासंग छ महिना अगाडी मात्रै बिहे गरेका थिए । तर,बिहे विवाह नहुँदै सुषमा गर्भवती भइन्। गर्भवती भएको ६ महिनामा परिवारको सहमतिमा यी दुईले विवाह पनि गरे। विवाह भएको ३ महिनामानै सुषमाले छोरा जन्माइन्।

बिस्तारै यी दुईको सम्बन्ध बिग्रिन थाल्यो। पत्नीदेखि दिक्क भएर राजुले एक दिन पत्नी र छोराको हत्या गरे। हत्या आरोपमा प्रहरीले राजुलाई पक्राउ गर्यो। बयान दिने क्रममा राजुले हत्या गरेको स्वीकारे पनि।

पत्नीको बानि देखेर आफू दिक्क भएको उनको बयान छ। पत्नीलाई फेसबुक र इन्स्टाग्रामको लतनै लागेको उनी बताउँछन्। सामाजिक संजालमा झुण्डिएर घरेलु कामनै नगर्ने पत्नीसँग दैनिक जस्तो झगडा पर्ने गरेको राजु बताउँछन्। खाना बनाउने, घर सफा गर्ने र छोराको स्याहार गर्ने भन्दा पनि सुषमा सामाजिक संजालमा व्यस्त हुने गरेकी थिइन्। पत्नीको यसै बानिबाट आजित भएर हत्या गरेको राजु बताउँछन्।

“२०जनवरीको दिन मैले श्रीमती र छोरालाई मोटरसाइकलमा राखेर जंगल पुर्याए। त्यहाँ श्रीमतीलाई ढुंगै-ढुंगा हानेर हत्या गरे। त्यस पछि बाइकबाट पेट्रोल निकालेर श्रीमतीको लास जलाएँ।” बयानको क्रममा राजु भन्छन्,” घाँटी दबाएर छोराको हत्या गरें। मृत छोरालाई जंगलमै फादिएं”

प्रतिक्रिया दिनुहोस
Advertisement