धुर्मुस सुन्तली फाउन्डेसनले महत्वाकांक्षी आयोजना ‘नमुना नेपाल’ को सर्वेका लागि २३ लाख रुपैया खर्च गरेर बिचैमा छोडी ‘ गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण तर्फ लाग्नुको कारण यस्तो रहेछ


काठमाडौँ, २१ माघ । धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला गर्ने घोषणा गरेसंगै डिपीआरको काम पनि सुरु गरिसकेको छ । यस विच धेरैको कौतुहलता छ, नमुना नेपालको काम बिचैमा छोडेर गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण तिर किन लागे धुर्मुस सुन्तली भन्ने छ । यहि विषयहरुलाई समेटेर फाउन्डेसनले एक विज्ञप्ति सार्बजनिक गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले जारी गरेको विज्ञप्ति यसप्रकार रहेको छ ।

फाउण्डेशनमा जम्मा सम्पुर्ण रकम स्टेडियमलाई

हामी गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा तिब्र गतिमा होमिसकेका छौं । निर्धारित समयमा सम्पन्न गर्ने संकल्पका साथ अगाडी बढि रहँदा केही महानुभावहरुले नमुना नेपाल परियोजना कहाँ पुग्यो र कति पैसा जुटेको थियो ? भनेर जिज्ञासा राखिरहनुभएको छ ।

नमुना नेपाल परियोजनाको ललितपुर स्थित लेलेको खावा डाँडा भन्ने ठाउँमा १६ सय रोपनी जग्गाको हामीले सर्वेको काम सकेर डि.पि.आर.को काममा अगाडि बढिरहँदा क्रिकेटले एक दिवसीय मान्यता प्राप्त गरिसकेपछि हामीलाई चौतर्फि रुपमा नमुना नेपाल होईन् क्रिकेट स्टेडियम बनाउँनु भनेर सुझाव, सल्लाह एवम् शुभचिन्तक ज्यूहरुबाट एकप्रकारको दवाव भएपछि हामीले सामाजिक सञ्जाल मार्फत नमुना नेपाल पहिला कि अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला पहिला ? भनेर प्रतिक्रिया मागेका थियौं ।

सम्पुर्णले अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला पहिला भनेर सुझाव दिईसकेपछि हामीले ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण गर्ने घोषणा गरेका थियौं । सो पश्चात हामी देशका बिभिन्न ठाउँहरु रुपन्देही, पोखरा, हेटौडा, काठमाण्डौं लगायतका ठाउँमा स्थलगत अध्ययन, अवलोकनका लागि दौडिएका थियौं । देशको केन्द्रिय भाग भोलिका दिनमा अन्तराष्ट्रिय प्रतियोगिताहरु भईरहँदा सबैतिरका दर्शकहरु समेट्न सकिने र प्राबिधिक हिसावमा पनि भरतपुर महानगरपालिका वडा नं. १५, रामपुरको जग्गा उपयुक्त भएकोले हामीले सो ठाउँमा रङ्गशाला बनाउँने घोषणा गर्यौं ।

 

हाल रङ्गशाला निर्माणको काम अघि बढिरहेको छ । सबैतिरबाट बधाई तथा शुभकामना साधै सहयोगको घोषणा भईरहेको छ । हाललाई नमुना नेपाल परियोजना स्थगित भएपनि सो परियोजनाको नाममा स्वदेशबाट, बिदेशबाट हामीलाई नेपाली दाजुभाई, दिदीबहिनीहरुबाट रु. ३६ लाख ८६ हजार ३ सय ३१ रुपैंया ७४ पैसा संकलन भएको थियो ।

प्रारम्भिक तयारी र सर्वेका लागि ७४/७५ मा भएको खर्च २३ लाख १४ हजार २ सय १ज्ञ रहेको छ । हाल फाउण्डेशनमा १३ लाख ७२ हजार १ सय २० रुपैंया ७४ पैसा सुरक्षित रहेको छ भने धुर्मुस सुन्तली फाउण्डेशनलाई मात्रै भनेर स्वदेशबाट बिदेशबाट प्राप्त रकम १ करोड ९५ लाख ५६ हजार ६ सय ६१ रुपैंया २६ पैसा फाउण्डेशनको खातामा सुरक्षित छ । र हामीले सो रकम पनि ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई खर्चेर निर्माण कार्यलाई अगाडि बढाउने निर्णय गरेका छौं । र हामी स्मरण गराउन चाहान्छौं यो रङ्गशाला मात्र नागरिक मिलेर बनाउँने रङ्गशाला हो । र यो जनताको रङ्गशाला हो ।

स्वदेशबाट बिदेशबाट हरेक नेपाली नागरिकले अनिवार्य सहयोग गर्नुहुनेछ भन्ने कुरामा आशावादी छौं र यो रङ्गशाला बहुउद्देश्यीय रङ्गशाला हो । र यो कुनै पनि ब्यापारीक प्रयोजनका लागि निर्माण गर्न लागिएको छैन् । किनभने हामीले ७७ वटै जिल्लाबाट उत्कृष्ठ खेलाडी छनौट गरी राष्ट्रिय खेलाडी उत्पादन गर्ने हो ।

यसबाट प्राप्त मुनाफा सम्पुर्ण तिनै खेलाडीहरुको स्तरउन्नतीमा र रङ्गशालाको संचालनमा खर्च हुनेछ । र बाँकी सामाजिक काममा खर्चिने हामी दुबै पक्षले सहमति गरिसकेका छौं । आज खेलाडीले आफ्नो जिन्दगीनै समर्पित गर्नुभएको छ । तैपनि निधर्कका साथ बाँच्ने आधार बनेको छैन् ।

हामी सम्पुर्ण खेलाडीहरुको दुखमा साथ दिन अर्को सामाजिक कामकै अभियान अन्र्तगत नागरिकको तर्फबाट, जनताको प्रत्यक्ष सहभागितामा बनेको विश्वको पहिलो रङ्गशाला बनाउँन खोजिरहेका छौं । अब विकासका लागि सम्पुर्ण नागरिक एक हुनुपर्ने बेला आएको छ । यसले सिंगो देशलाई जोड्छ । त्यसैले यो राष्ट्रिय गौरभको परियोजना हो । त्यसैले सम्पुर्ण महानुभावहरु सकारात्मक भईदिएर यो अभियानमा साथ र सहयोग गरिदिनुहुन बिनम्रता पूर्वक अनुरोध गर्दछौं ।

राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

धुर्मुस सुन्तली फाउण्डेशन

निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको थ्रीडी तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस
Advertisement