अमेरिकी राष्ट्रपति ट्रम्पले भने – ‘नेपाल र भुटान भारतको भू–भाग हो !’


वासिंगटन, २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भू–भाग भनेर विवादास्पत अभिव्यक्ति दिएका छन् ।

गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भुभाग भनेको अमेरिकाको चर्चित म्यागेजिन ’टाइम’ ले जनाएको छ ।

गुप्तचर संस्थाहरूसँग बढ्दो दूरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनु परेको उच्च अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

चर्चित अमेरिकी म्यागेजिन ’टाइम’ ले गुप्तचर निकायसँगको ब्रिफिङका क्रममा ट्रंपलाई अधिकारीहरूले नेपाल र भुटान स्वतन्त्र मुलुक रहेको सम्झाएको उल्लेख गरेको छ ।

दक्षिण एसियाबारेको ब्रिफिङका क्रममा ट्रम्पका सल्लाहकारले अफगानिस्तानदेखि बंगादेशसम्मको क्षेत्रको नक्सा देखाएका थिए । उक्त ब्रिफिङमै उपस्थित रहेका तथा त्यसका बारेमा जानकार रहेका अधिकारीहरू तथा त्यहाँको संसद (कंग्रेस) सदस्यलाई उद्धृत गर्दै टाइम लेख्छ । ’ट्रम्पले नक्सातिर देखाए र भने कि नेपाल भारतकै भू–भाग हो ।

त्यसपछि उनलाई अधिकारीहरूले नेपाल स्वतन्त्र मुलुक रहेको सम्झाए । जब अधिकारीहरूले भुटान त तपाईँलाई थाहा छ नि भन्दै देखाए, फेरि उनले भने कि भुटान पनि भारतकै भुभाग हो । त्यसपछि उनलाई ब्रिफिङ गरेकाहरूले भने,’ भुटान पनि स्वतन्त्र देश हो ।’

यसअघि पनि उनले नेपाललाई ’ निप्पल’ भनेको सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement