बार्सिलोना र रियल मड्रिड एक महिनामा तीन पटक आमने सामने हुने पक्का
काठमाडौं, २१ माघ । स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना एक महिनामा तीनपटक भिड्ने भएका छन् ।
स्पेनिस कोपा डेल रे ले सेमिफाइनलका लागि शुक्रबार निकालेको ‘ड्र’ अनुसार रियल र बार्सिलोना एक महिनामा तीपटक आमने सामने हुने पक्का भएको हो ।
कोपा डेल रे को पहिलो लेग फेब्रुअरी ६ तारिखमा बार्सिलोनाको घरेलु मैदानमा तथा दोस्रो लेग रियलको मैदानमा २७ फेब्रुअरीमा हुदैछ ।
त्यसैगरी स्पेनिस ला लिगाका लागि २ मार्चमा खेल्ने तालिका तय भैसकेको थियो ।
रियल र बार्सिलोनाबीचको खेललाई (एल क्लासिको) को रुपमा लिने गरिन्छ । ला लिगाको पहिलो राउन्डमा बार्सिलोनाले रियल मड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।