राष्ट्रपति भण्डारीको तय भयो चीन र अमेरिकाको भ्रमण


काठमाडौं, २१ माघ । राष्ट्रपति विद्यदेवी भण्डारी चीन र अमेरिका भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारी दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन चीन जाने भएकी हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उच्च स्रोतले बताएको छ ।

यस्तै राष्ट्रपति भण्डारी आउँदो फागुन अन्तिम साता राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भएकी छन् ।

उक्त सत्रमा महिला नेतृत्वको तर्फबाट उनले न्युयोर्कमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement