ब्यस्त सडकको विच भागमै पेट्रोल पम्प सन्चालन गरिएपछि सवारी संचालनमा सास्ती !
काठमाडौं, २१ माघ । सडकको बीचभागमै पेट्रोल पम्प संचालन गर्दा सर्वसाधारण तथा सवारी संचालनमा समस्या परेको छ ।
काठमाडौंको टेकुस्थित विष्णुमति खोलामा नयाँ बनेको पुलछेउमै तर सडकको बीच भागमै पम्प सन्चालन गरिएपछि सर्वसाधारण र सवारी संचालनमा सास्ती परेको हो ।
पम्प सन्चालन गरिएपछि यो पुल प्रयोग गरेर कलंकी, बल्खुबाट त्रिपुरेश्वरतिर आउने सवारी साधनलाई अप्ठेरो परिरहेको छ ।
सवारी साधन सडकबीचमा पेट्रोल पम्प भएकै कारण घुमाउरो बाटो घुम्नु परिरहेको छ । खोलामा नयाँ पुलले जोडेको सडकको भागमै पेट्रोल पम्पको भण्डारण रहेकाले सवारी साधन घुम्नु परेको हो ।
सडक बीचमै परेकाले यो हट्नु आवश्यक रहेको तर हटाउन कानुनी अड्चन रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्तको कार्यालय काठमाडौंले जनाएको छ ।