श्रीमतीको रिसले आमाको हत्या !
ओखलढुंगा, २१ माघ । ओखलढुंगामा एक व्यक्तिले आफ्नै आमाको हत्या गरेका छन् ।
जिल्लाको चम्पादेवी गाउँपालिका ५ का टंकबहादुर कार्कीले श्रीमतीको रिसले आमाको हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुटपिट गरिरहेको अवस्थामा आमाले छेक्न लाग्दा उनले आमालाई चिर्पटले हानेर हत्या गरेका हुन् ।
कार्कीले बुधबार चिर्पटले हानेर ६३ वर्षीया आमा नरमाया कार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुँगाले जनाएको छ । नरमायाको घटनास्थलमै मृत्यु भएको थियो ।