यो आश्चर्यलाग्दो सेतो सर्प, जुन अष्ट्रेलियामा मात्र पाइन्छ !
एजेन्सी । सर्पको नाम सुन्ने बित्तिकै हामी कालो सर्पको अनुमान लगाउँछौ । तर, दुई महिना अघि सेतो रंगको सर्प फेला परेको छ । यो प्रजातिको सर्प बेग्लै खाले अनुवाशिंक परिवर्तनका साथ उत्पति भएको बताइन्छ ।
मिडिया रिपोर्टका अनुसार यो सर्प स्लेटी–ग्रे रंग भएको सर्पको प्रजाति मानिन्छ । अष्ट्रेलियाको जंगलमा यसलाई फेला पारिएको थियो ।
यो सर्पको तस्बिर टेरटोरी वाइल्ड लाइफ पार्कले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले उक्त सर्पलाई समातेपछि वाइल्ड लाइफ अथोरिटीलाई बुझाएका थिए ।
उनले भनेका छन्, ‘यो लियुसिसटिक सर्प हो किनभने यस्ता पशुहरुमा रंजकताको कमी रहेको छ ।’ उनका अनुसार एलबिनो जनावरहरुको आखाँ गुलाबी हुन्छन् ।