२१ बर्षीय युवतीले गुलाफको टाटु हटाउदा भयो यस्तो हालत (फोटो सहित)


एजेन्सी। थाइल्यान्डकी एक विद्यार्थीले छातीमा बनाएको टाटु हटाउन खोज्दा घट्यो डरलाग्दो घटना ।

२१ वर्षीया पसुदा रिअबले छातीमा बनाएको गुलाफको फूलको टाटु हटाउने हुदा निकै सास्ती खेप्न पर्यो । आफ्नो टाटु राम्रो नलागेर पुन:टाटु हटाउने निर्णय गरेकी उनले गलत तरिकाबाट हटाउन खोजेकै कारण उनले धेरै दुख पिडा झेल्नु पर्यो ।

टाटु हटाउन उनले रसायन प्रविधिलाई अँगालिन् । टाटु हटाइन पनि तर आफुले सोचे जस्तो भएन र अर्कै समस्याले पिरोल्न थाल्यो । रसायनको प्रयोगले हुने उनको घाऊले अर्कै रुप लियो । घाऊ निको नभई चिलाउने पोल्ने हुन् थालेपछि उनलाइ पिडा माथि झन् ठुलो पिडा पर्यो । जुन घटनाले उनलाई कहिले पनि शान्ति दिएन र पीडालाई सम्झिन पनि सक्दिनन् । घाउ बढेर ठुलो हुदै गयो । आफुले हेर्दा पनि छातीको घाउ निकै डरलाग्दो देखेकी उनले निकै पछुताउने बाहेक अरु केहि बिकल्प थिएन ।

उनले आफूले भोगेको जस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर पहिलेको टाटु र रसायनिक उपायपछिको दृश्यलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । उनी चाहन्छिन्, टाटु बनाउनुअघि धेरै सोचेर मात्र बनाउनुहोला । पछि हटाउँदा मैले रोजेजस्तो उपाय कहिल्यै नरोज्नुहोला । नत्र मेरो जस्तै हालत हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement