यी हुन् अत्यन्तै धनी हुने राशी !


एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ । संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ ।

संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

शीर्षस्थानमा रहेका १०० अर्बपतिहरूको सूची हेर्दा कुम्भ राशिका मानिस सबभन्दा धेर भेटिए ।

कुम्भ राशिका अर्बपति १२.६ प्रतिशत थिए भने कर्क राशिका अर्बपति सबभन्दा कम ५.९ प्रतिशत थिए ।

फोर्ब्सले यो सर्वेक्षण सन् १९९६ देखि २०१५ सम्म गरेको थियो । प्रत्येक वर्षका टप १०० धनीहरूको सूचीबाट अर्बपति छानिएका थिए ।

सर्वेक्षणले पाएअनुसार कुम्भ राशिका मानिसहरू अरूभन्दा बढी स्वतन्त्र जीवन बाँच्छन् ।

यी राशिका मानिसहरूमा मौलिकता पनि अधिक हुन्छ । उनी देखावटीभन्दा पनि मौलिकतामा जोड दिन्छन् ।

खासमा कुम्भ राशि कर्मदाता हो । त्यसैले कुम्भ राशिका मानिसले व्यापारमा सफलता पाउँछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement