बलिउडका यी ७ जोडीहरु एक दोस्रोलाई हेर्न सम्म चाहदैनन्, कारण यस्तो छ (फोटो सहित)


एजेन्सी।

प्रियंका र विपाशा बसु

बलिउडमा ब्वायफ्रेन्ड र सम्बन्धलाई लिएर कलाकार बिच झगडा हुने गर्छ अनि कयौं पटक प्रतिस्पर्धा र एक दोस्रोको विरुद्धमा बोल्दा मनमुटाव हुने गर्छ। नायिका प्रियंका चोपरा र बिपाशा बसु बिचको सम्बन्ध चिसिएको खबर हालै आएका छन्।

प्रियंका चोपरा प्रोडक्सनमा कल्पना सरोजको जीवनमा बन्दै गरेको फिल्ममा विपाशा बसु र राधिका आप्टे दुवै दावेदार थिए। तर अन्तत: विपाशाको सट्ट राधिका फिल्मको लागि छानिइन्। विवाह पश्चात कुनै पनि फिल्म नपाइरहेको बेला विपाशालाई यो फिल्म हातबाट छुटेपछि विपाशा तनावमा परिन। साथीको नाताले प्रियंकाको सहयोग पनि नखोजेकी होइनन्। तर प्रियंकाले राधिकानै रोलको लागि उपयुक्त भएको मनस्थिति बनाएपछि विपाशा र प्रियंका बिच सम्बन्ध चिसिएको हो।

दिपिका पादुकोन र कट्रिना कैफ

बलिउडमा यसरी क्याट फाइट गर्ने नायिक अरु पनि छन्। दिपिका पादुकोण र क्याट्रिना कैफ बिच पनि यस्तै केही चेलेको थियो।

राम्रो साथी थिए पहिले तर अहिले यी दुई बिच पानी बाराबार छ। रणवीर कपुर र दिपिका पादुकोणको सम्बन्धको बिचमा क्याट्रिना आएपनि यस्तो भएको हो। दिपिका र रणवीरको ब्रेकअपको कारन क्याट्रिनालाई मान्ने गरिन्छ।

करिना कपुर र प्रियंका चोपरा


एक अर्काको विरुद्ध अभिव्यक्ति दिँदा यी दुई बिच मनमुटाव भएको हो। करिनाले एक पटक रानी मुखर्जी बाहेक अरु कसैलाई नायिका नमान्ने बताएकी थिइन। अनि कफि विथ करण कार्यक्रममा उनले प्रियंकाको एक्सेन्टलाई बनावटी बताइन। अनि संगै काम गरेको फिल्म एतराजमा प्रियंकाको वाहीवाही भयो करिनाको वास्ता भएन। करिनाको एक्स व्वायफ्रेन्डको जिन्दगीमा प्रियंका प्रवेश गरेपछि झन् यी दुई बिच सम्बन्ध बिग्रिएको थियो। अहिले यी दुई बिच सम्बन्धमा सुधार आएको खबर आउने गरेका छन्।

ऐश्वर्या राय र रानी मुखर्जी

ऐश्वर्या र रानी बिचको खटपटको एक कारण अभिषेकको फिल्म ‘बन्टी और बबली’ थियो। यसमा अभिषेकले रानसंग काम गरेका थिए। यो फिल्मको सुटिङको क्रममा रानी र अभिषेकको अफेयरको चर्चा हुन्थ्यो। पछि ‘चलते-चलते’ मा ऐश्वर्यालाई दिने भनिएको रोल रानीले पाएपछि झन् कुरो बिग्रियो। रानी बच्चन परिवारको निकै नजिक थिइन। तर ऐश्वर्यारसंग बिग्रेको सम्बन्धको कारण अभिषेक-ऐश्वर्याको विवाहमा पनि उनलाई बोलाइएन। ऐश्वर्याले अभिषेकलाई रानीसंग कहिल्यै काम नगर्न भनिएको समेत चर्चा हुने गर्छ।

सोनम कपुर र दिपिका पादुकोण

दुवै पहिले राम्रो साथी थिए। तर फिल्मी करिअरमा जति जति अगाडी बढ्दै गए यी दुई बिच मनमुटाव बढ्दै गयो। अर्को दोस्रो भन्दा अगाडी निक्लने दौडमा कुरो बिग्रियो। अर्को कारण सावरिया फिल्मलाई पनि लिइन्छ। सावरिया फिल्मको क्रममा सोनम रणबीर कपुरलाई मन पराउँथिन। सपना बुनेकी सोनम तब झसङ्ग भइन जब रणवीर दिपिकासंग सम्बन्ध बनाउन मोडिए। त्यसपछि दिपिका र सोनम बिचको सम्बन्ध अझै चिसिन पुग्यो।

दिपिका र विपाशा


यी दुईको झगडाको बिउ पनि रणवीर कपुर बने। फिल्म ‘बचना ए हसिनो’ मा विपाशाको नजिक रणवीरलाई देखेर दिपिका चिढिएकी हुन। अझै रणवीरले विपाशालाई ‘सेक्सिएस्ट वुमन’ बताएपछि त दिपिका झन् विपाशासंग जल्न पुगिन।

रेखा र जया बच्चन


रेखा र जया सधै एक दोस्रो को प्रतिद्वन्दी रहेका छन्। अमिताभ बच्चनसंग रेखाको अफेयरको चर्चाले बजार तात्ने गर्थो। तर अमिताभको विवाह जयासंग भयो। रेखा जयाको सम्बन्ध भने अझै सुधारिएको छैन।

 

प्रतिक्रिया दिनुहोस
Advertisement