आंचल शर्माको सनसनी पूर्ण खुलासा, अब मेरो सम्बन्ध पल शाहसंग टुट्यो (भिडियो)


काठमाण्डौ, २० माघ। निक्कै चर्चित जोडी हुन् आँचल शर्मा र पल शाह। तर उनीहरु बीचको लामो समयको प्रेम सम्बन्ध अहिले चिसिएको छ । कुनै बेला संगै खाने र घुम्ने गरेका शर्मा र शाह अहिले एकसाथ भेटिदैनन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शर्माले भने आफू कुनै पनि बेला शाहको प्रेममा नपरेको दावी गरिन् । विगतमा पनि शाहसँग प्रेम नभएको र अब पनि नहुने शर्माले बताएकी छिन् ।

कुनैबेला पल शाहसँग आफ्नो केमेष्ट्री मिलेको धारणा राख्ने आँचल अहिले भने पलको नाम लिन पनि नचाहेको जस्तो गर्छिन् ।

पललाई मिल्ने र विना स्वार्थका साथी भन्दै आँचलले धेरै सार्वजनिक कार्यक्रममा तारिफ गर्थिन् । भिडियो हेर्नुहोस ।

स्रोत : रिपोर्टर्सनेपाल

प्रतिक्रिया दिनुहोस
Advertisement