दमकमा अशोक दर्जीको दमदार प्रस्तुति, दर्शक खचाखच ! (हेर्नुहोस् भिडियो)


दमक, २० माघ । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’बाट चर्चामा आएका बाल गायक अशोक दर्जीले झापाको दमकमा जारी बाल महोत्सवमा आफ्नो प्रस्तुति दिएका छन् ।

अशोक दर्जीसँगै एआर बुढाथोकी र टंक बुढाथोकीले पनि दमदार प्रस्तुति दिएका छन् ।

आइतबार हजारौं दर्शकमाझ उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरी सहभागी दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

चर्चित कलाकार भएपछि झापाको दमकका पहिलो पटक स्टेज कार्यक्रमका लागि आएका अशोकले विगतलाई सम्झिँदै भने, ‘मलाई हजुरहरुले पहिले गीत गाउन लगाएर पाँच÷दश रुपैयाँ दिनु हुन्थ्यो, आज त्यही हौसलाले मलाई अघि बढ्न प्रेरित गर्यो र आज यो स्थानमा पुगेको छु

भिडियो हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस
Advertisement