बालिकाको घरको छेउबाट अपहरण गरी मुखी थुनी बलात्कार गरि हत्या गरेर खोलामा फाल्ने दुई जना पक्राउ


विराटनगर, २० माघ । विराटनगर महानगरपालिका बस्ने १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–८ बलुवाही बस्ने १० वर्षीया बालिकालाई यही माघ १२ गते राति जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारी(भट्टु)लाई पक्राउ गरेको जनाएको छ ।

आरोपीले लागुऔषध र मदिरा सेवन गरी निज बालिकालाई घरको छेउबाट अपहरण गरी मुखी थुनी करणीपश्चात् हत्या गरेको अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement