एएफसी एसियन कप जितेको खुशीयालीमा कतार एयरलाइन्सको टिकेट खरिदमा २५ प्रतिशत छुट


दोहा,कतार, २० माघ । कतारले पहिलो पटक एएफसी एसियन कप फुटबलको उपाधि जितेको खुशी मनाउँदै कतार एयरवेजले आफ्ना ग्राहकलाई टिकट खरिदमा २५ प्रतिशत छुटको अफर दिएको छ ।

यो छुटको मौका फेब्रुअरी ३ देखि १४ सम्म खरिद गरिएको टिकटमा मात्रै लागू हुनेछ । यो अफरमा लिएको टिकटले आगामी अगस्ट २१ तारिख सम्म यात्रा गरिसक्नुपर्ने एयरलाइन्सले जानकारी दिएको छ ।

त्यस्तै एएफसी एसियन कप जितेकै खुशीयालीमा हमद अन्तरास्ट्रिय विमानस्थलमा कतार डिउटी फ्रीले पनि दुई हप्ता सम्मको लागि आफ्नो सामानमा २० प्रतिशत छुट दिने जनाएको छ ।

तीन पटकको च्याम्पियन जापानलाई पराजित गर्दै कतारले एएफसी एसियन कप फुटबलको उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement