गायिका विष्णु माझीको आवाजमा अर्को मार्मिक गित “सम्झनाले रुवायो “


काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक राजु मगरको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “सम्झनाले रुवायो “ गीतको भिडियो बजारमा आएको छ । मायालुको अभावमा भौतारिनु पर्दाको कहालिलाग्दो पिडालाई गीतमा समेटिएको छ । मायालुले जिवनमा छोडदा मनमा पिडा भएको कुरा गायकले गरेका छन ।

राजु मगर र सुरेश मगरको गीतमा शब्द र सुरेश मगरको लय सिर्जना गीतमा समावेश गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन गीतमा छ । “सम्झनाले रुवायो “ गीतमा साया भण्डारी र विमल अधिकारीको अभिनय रहेको छ । “सम्झनाले रुवायो “गीतको भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
Advertisement