ढोरपाटन महिला भलिबलको उपाधि एपिएफलाई


काठमाडौँ, २० माघ । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले १४औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि जितेको छ ।

आजको अन्तिम खेलमा नेपाल पुलिस क्लबललाई पराजित गर्दै एपिएफले उपाधि उचालेको हो । अन्तिम खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२० ले जितेको एपिएफले तेस्रो सेट २५–१९ ले गुमाएको थियो । चौथो सेट एपिएफले २५–१५ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतियोगितामा अपराजित रहँदै एपिएफले १४ खेलबाट ४२ अङ्क जोड्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ३४ अङ्क जोड्यो । उपाधिसँगै एपिएफले रु तीन लाख ५० हजार प्राप्त ग¥यो । उपविजेता पुलिसले रु दुई लाख प्राप्त ग¥यो । त्रिभुवन आर्मी तेस्रो हुँदै रु एक लाख प्राप्त ग¥यो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement