गाडीमा मदिरा बरामद


सप्तरी, २० माघ ।  प्रहरीले मदिरा बोकेको ट्रक र टेम्पो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले नर्घोबाट रु चार लाख ३६ हजार बराबरको मदिरा बोकेको को१ख २८५९ नंको मिनी ट्रक तथा स१ह १९२७, स१ह २७२२ र स१ह ३०८२ नंको टेम्पो नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रक चालक उदयपुर चौदण्डी– ५ का छैबनारायण चौधरी, टेम्पो चालकहरु सप्तरीको राजगढ गाउँपालिका– ३ का शत्रुधन यादव, शालिग्राम साह र वडा नं २ का शिवकुमार यादवलाई नियन्त्रणमा लिएको छ । भारततर्फ मदिरा तस्करी गर्न लागेको सूचनाका आधारमा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement