माघ २२ गते सार्वजनिक बिदा


काठमाडौँ , २० माघ । प्रदेश ३ सरकारले आउँदो माघ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गत माघ ९ गते बसेको ३ नम्बर प्रदेशको मन्त्रिपरिषद बैठकले आउँदो मंगलबार पर्ने सांस्कृतिक चाड सोनाम ल्होसार मनाउन बिदा दिने निर्णय गरेको हो ।

त्यसदिन तामाङ समुदायको बाहुल्य रहेका केहि सथानीय तहमा पनि बिदा गर्ने यसअघिनै निर्णय भईसकेको छ ।

ल्होसारको अवसरमा चौँरीदेउराली गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ भने तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएका छन् ।

यसअघि संघीय सरकारले नै यो पर्वमा सार्वजनिक बिदा दिँदै आएपनि बिदा कटौती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement