आजको राशिफल – वि.सं.२०७५ साल माघ २१ गते । सोमबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०४ तारिख
वि.सं.२०७५ साल माघ २१ गते । सोमबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ कृष्ण पक्ष । तिथि औशी,४६ घडी ५८ पला,रातको ०१ बजेर ५८ मिनेट उप्रान्त प्रतिपदा । करण चतुष्पद,दिउँसो १२ बजेर ३६ मिनेट उप्रान्त नाग,रातको ०१ बजेर ३९ मिनेट उप्रान्त किंष्तुध्न । नक्षत्र श्रवण,५६ घडी ३० पला । योग सिद्धि,०३ घडि २० पला,बिहान ०८ बजेर ११ मिनेट उप्रान्त व्यातिपात ।आनन्दादिमा सिद्धि योग । चन्द्रराशि मकर । दर्शश्राद्ध। सोमवारे औंसी। हलो बार्ने, निशि बार्ने औंसी । आर्यघाटमा माधवनारायण मेला। द्वापरयुगादि। नवलपरासीमा त्रिवेणी मेला। काठमाडौंमा सूर्योदय ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । दिनमान २७ घडी १५ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सानो प्रयासले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा वा थोरै समय दिदा पनि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । पुराना लेनदेनका मुद्दाहरु किनार लगाउँदै नयाँ काम गर्न सकिनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले परिणाममुखि काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन आम्दानिका स्रोत बढाउँन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा लगानि गर्न वा नाँफा कमाउँन केहि समय कुर्नु पर्नेछ । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँने तथा घर परिवारमा एक अर्काबिच राए बाजिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउँनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने खर्च बढ्न सक्छ ध्यान दिनुहोला ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
तपाईको सिर्जना तथा लेख रचनाहरु अरुले प्रयोग गरि फाईदा लिन सक्छन् ध्यान दिनुहोला । बौद्धिक कार्यमा सहभागि भएपनि न्यून पारिश्रमिक पाउदा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानि गर्न सकिनेछ भने शिक्षा क्षेत्रमो लगानिबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ भने भौतिक सम्पतिको प्रयोग गर्न नजान्दा प्रविधिमा अरुभन्दा पछि परिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ । आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो रुपैया पैसा कमाउँन नसक्दा मन खिन्न हुनेछ । आर्थिक स्थिति सुदृड बनाउँन चालिएका कदमहरु निअर्थक हुनेछन् । माया प्रेममा अशिस्वास बढ्नेछ भने जीवन साथिसँगको सम्बन्ध चिसिन सक्छ ध्यान दिनुहोला । बिदेसी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशी धन तथा सम्पति हात लागी हुँने योग रहेकोछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् ।
तपाईको दिन शुभ रहोस् । तारानाथ भण्डारी ।