नेपालद्वारा युएई माथि १०५ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, २० माघ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालद्वारा यूएई माथि १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरा १० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको थियो।
खेलको दौरान सबै भन्दा बढी पारस खड्काले २९ रन, सन्दिप जोराले २८ रन र बिनोध भण्डारीले २१ रन बनाएका थिए ।
नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी–२० सिरिज १–१ को बराबरी अवस्थामा छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी(ट्वान्टी सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २(१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिसकेको छ तर, सिरिज जित्न सकेको छैन । त्यसैले नेपाललाई युएईमा ऐतिहासिक टी–२० जित्ने पहिलो अवसर छ ।