‘दर्शक हराएको सूचना…’ भन्ने दिपक राज गिरीको स्टाटसमा मनोज गजुरेलले लेखे चोटिलो कमेन्ट !
काठमाडौँ, २० माघ । चर्चित हास्यकलाकार तथा फिल्म निर्माता दिपकराज गिरी पछिल्लो समय सामाजिक संजाल फेसबुकमार्फत विभिन्न विषयमा व्यंग्य हान्न माहिर छन् ।
नेपाली चलचित्र क्षेत्रलाई एकपछि अर्को ब्लकबष्टर चलचित्र दिने सफल निर्माताका रुपमा चिनिएका गिरिले केहि समय अगाडी फिल्म चलोस या नचलोस करोड क्लबको नाम दिएर केक काटेर दर्शकहरुको आखामा छारो हाल्ने केहि निर्माताहरुलाई सामाजिक संजाल फेसबुक मार्फत कडा ब्यंग्य गरेका थिए ।
त्यसै गरि आइतबार पनि उनले ‘दर्शक हराएको सूचना…’ भन्दै आफ्नो फेसबुकमा एक स्टाटस शेयर लेखेका छन् । उनले यो स्टाटस कसलाई ब्यंग्य गर्दै लेखेका हुन् त्यो स्पष्ट नभएपनि हालै रिलिज चलचित्र ‘सय कडा दस’ लाई इंगित गरेको अनुमान लगाउन सकिन्छ ।
उनको यस स्टाटसमा हास्य कलाकार मनोज गजुरेलले कमेन्ट गर्दै लेखेका छन्, ‘भेटिदैछन्, थप खोजी जारी छ…।’
मनोज गजुरेलको यस कमेन्टबाट पनि दिपकले आफ्नो स्टाटसमार्फत माघ १८ गतेबाट रिलिज भएको चलचित्र ‘सय कडा दश’ लाई नै ब्यंग्य गरिएको बुझ्न सकिन्छ ।
हेर्नुहोस दिपकको स्टाटस जस्ताको त्यस्तै :
हेर्नुहोस मनोजको स्टाटस जस्ताको त्यस्तै :