एक दाना कटहरको मूल्य १ लाख १४ हजार परेपछि किन्नेभन्दा पनि सेल्फी लिनेको भीड !


जकार्ता, २० माघ । नेपालमा सर्वसुलभ रुपमा पाइने कटहर इन्डोनेसियाको सुपरमार्केटमा महँगो साबित भएको छ । त्याहाँ राखिएको एक दाना कटहरको मूल्य १ लाख १४ हजार भनेर सुन्दा जो कोहि पनि चकित हुन्छ । तर वाताविकता त्यहि हो ।

इन्डोनेसियाको सुपरमार्केटमा कटहर जस्तै देखिने एक फलको मूल्य १ लाख १३ हजार ६०० रुपैयाँ राखिएको छ । यसै कारणले मानिस यो कटहर किन्नका लागि नभएर सेल्फी लिनका लागि टाढा टाढाबाट आउने गरेका छन् ।

इन्डोनेसियामा मानिसको औसत आम्दानी २१ हजार ८४३ रुपैयाँ रहेको छ । तर एक कटहरको मूल्यनै १ लाख १४ हजार राखिएको छ । यस्तो अवस्थामा प्रश्न उठ्छ कि यो कटहर कस्ले किन्छ ? यो कटहरमा यस्तो विशेष के छ ? वास्तवमै यसको मूल्य यती बढि किन राखियो ?

यो कटहर सर्वाधिक दुर्लभ किसिमको हो । एशियाका मात्र तीन देश मलेसिया,इन्डोनेसिया र थाइल्यान्डमा पाइन्छ । स्थानिय भाषमा यो फललाई ‘डुरियन’ भनिन्छ । यो फल खोज्ने मानिसले यो दुर्लभ कटहर आफुसँग मात्रै भएको दावी गरेका छन् ।

तीन वर्षमा एक पटक मात्रै ‘जे–क्वीन’ फल्ने गर्छ र एउटा रुखमा २० भन्दा बढी फल्दैन । स्वादको मामिलामा यो फल अत्यन्त राम्रो छ । यसै कारण यो एसियाका कैयौ हिस्सामा प्रख्याती कमाएको छ । मध्य जाभामा उम्रने यो प्रजातिको फल सर्वश्रेष्ठ मानिएको छ र यो फल प्रायः गर्मी मोसममा फल्ने गर्दछ ।

जानकारीका अनुसार पछिल्लो सिजनमा यो फलको पैदावार बहुत कम भएको थियो । तर एक नयाँ उर्वरकको प्रयोगले यस पटक यो फलकै उब्जनी राम्रो भएको छ । पाकेपछि यो फलको बासना व्यापक रुपमा बाहिर आउछ । जुन सहनै नसकिने किसिमको हुन्छ । यसै कारण यो दक्षिण–पूर्वी एसियमा कैयौ मुलुकमा हवाई अड्डा, सार्वजनिक यातायात तथा होटलमा यो कटहरलाई प्रतिबन्ध लगाइने गरिेएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement