२० रुपैंयाले श्रेष्ठलाई दिलायो रू ६२ हजार, गज्जबको चाउचाउमा पर्यो १ तोला सुनको सिक्री !


काठमाडौँ , २० माघ । पछिल्लो समय हरेक उत्पादक कम्पनिहरुले आफ्ना ग्राहकहरुका लागि बम्पर उपहार ल्याउने गरेका छन् । आफ्नो व्यापारलाई बढाउन र ग्राहकमाझ लोकप्रियता कमाउन यस्ता उपहार योजना ल्याउने गरेका हुन् ।

यसैबीच अहिले अत्यधिक रुचाईएको गज्जब चाउचाउको उपहार योजनामा एक उपभोक्ताले एक तोलाको सुनको सिक्री उपहार पाएका छन् ।

काठमाडौं सामाखुसीका खड्गबहादुर श्रेष्ठले गज्जब चाउचाउभित्र भएको कुपन कोटाएर सुनको सिक्री उपहार प्राप्त गरेका हुन् ।

२० रुपैंया मात्र मुल्य पर्ने गज्जब चाउचाउको उपहार योजनाअन्तर्गत सुन र चाँदीका सिक्रीलगायत विभिन्न गहनाहरू र टिसर्ट पनि राखिएको गज्जब चाउचाउका बजार प्रबन्धक आरएसएम कुमार तिमल्सेनाले जानकारी दिए ।

चाउचाउको उपहार योजनाअन्तर्गत सुनको सिक्री प्राप्त गरेका श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमकाबीच उपहार प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै बजार प्रबन्धक तिमल्सेनाले गज्जब चाउचाउमा भएको स्किम र गुणस्तरले ग्राहकको मन जित्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement