अविवाहित युवतीले जन्माइन छोरी, शिशुको बाबु बेपत्ता


फिक्कल, २० माघ । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् ।

राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ । शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement