सागर आलेले बनाए यस्तो शानदार घर, अब बिहे गर्ने तयारी ! (भिडियोसहित)


चितवन, २० माघ । नेपालको पहिलो अन्तर्राष्ट्रिय फ़्रेन्चाइज् गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको टप ४ बाट बाहिरिएका सागर आले पछिल्लो समयका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी टप ४ बाट बाहिरीए पनि लाखौँ दर्शक श्रोताको मन जित्न सफल भएका छन् ।

हाल अन्य बिजेताहरु भन्दा सागर बढी नै ब्यस्त छन् भन्दा फरक नपर्ला । पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन् । उनको डिमान्ड निकै हाई छ ।

यसैबिच उनको चौतर्फी प्रगति भएको छ । उनले हालसालै चितवनमा नयाँ घर पनि बनाएका छन् । यस्तै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन् । आर्टिष्ट खबरले उनको घर चितवन पुगेर सागर आलेका बुवाआमा र दाजु साजन आलेसंग कुराकानी गरेको छ ।

उक्त भिडियो कुराकानी हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement