वनमन्त्री शक्ति बस्नेतकी भतिजी तथा उर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव रोशन खड्काकी श्रीमती बबिता बस्नेतको अर्पाटमेन्टमा झुन्डिएको अवस्थामा शव फेला !


काठमाडौँ, २० माघ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजीको झुन्डिएकाे अवस्थामा शव फेला परेकाे छ ।

ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बबिता बस्नेतको झुन्डिएकाे अवस्थामा आइतबार शव फेला परेकाे हो ।

अर्पाटमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा बबिताको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले पुष्टि गरेका छन् ।

मृतक बबिताका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement