प्रकाण्डका छोरालाई रिहा नगरे ओली र प्रचण्डलाई हत्कडी लगाउने अखिल क्रान्तिकारीको चेतावनी !


काठमाडौँ , २० माघ । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) निकट अखिल क्रान्तिकारीले आफूहरुमाथि सरकारले हैकम जमाउन खोजे ओली र प्रचण्डलाई हत्कडी लगाउने चेतावनी दिएका छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले मुलुकले प्राप्त गरेको गणतन्त्र र लोकतन्त्रमा आफ्नो पार्टीको अहम भुमिका रहेको भन्दै आफ्ना कार्यकर्तामाथि धरपकड गरे सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्रीसमेत रहेका ओलीलाई हत्कडी लगाउने चेतावनी दिएका हुन् ।

शुक्रबार रिर्पोटस क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले सरकारले प्रहरी लगाएर अपहरण शैलीमा केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तार गरेको आरोप लगाएका छन् ।

पक्राउ परेका बि.क.लाई अविलम्ब रिहाई नगरे सरकारलाई बाटो हिँड्नमा प्रतिबन्ध लगाउने आफूहरुको आगामी कार्यक्रम रहेको पनि उनले घोषणा गरे ।

पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका अध्यक्ष ढकालद्वारा हस्ताक्षर गरिएको आन्दोलनका घोषणासहितको विज्ञप्तिसमेत जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement