मलेसिया गएका श्रीमानले उतै अर्की युवतीसंग लागेपछि मर्नको लागि लगाएको पासो पनि छोरालाई सम्झेर फुकाए : ज्यामी गरेर जीवन निर्वाह गरिरहेकी सुमित्राको हृदयविदारक कहानी (भिडियो)
काठमाडौँ । सुमित्र सुनार जो श्रीमानले दिएको पीडालाई सहन नसकेर आत्महत्या गर्न सम्म लागेको बताउछिन । श्रीमान आशिस सुनार करिव दश वर्ष अगाडी बैदेशिक रोजगारीको शिलसिलामा मलेसिया गएका थिए । त्यहाँ पुगेर पैसा पठाउने हैन बरु उनले उल्टै श्रीमती र छोरालाई पनि भुले ।
आफ्नै श्रीमानले धोका दिएपछि आत्महत्या गर्न पासो लगाएर पनि मर्न नसकेको बताउछिन । कारण आफ्नो छोरा थियो । छोरालाई नै सम्झेर आत्महत्या गर्न सकिन – सुमित्रा भन्छिन ।
श्रीमान मलेसियामा अर्कै महिलासंग लागेको उनि बताउछिन । ति महिलाले फोन गरेर उल्टै सुमित्रालाई गाली गलौज गर्दै आएको उनि बताउछिन । काठमाडौँमा ज्यामीको काम गरेर जसोतसो गुजारा गरिरहेकी सुमित्रसंग गरिएको कुराकानी हेर्नुहोस ।