सुनको मुल्य बढेको बढ्यै !


काठमाडौँ, २० माघ । पछिल्लो साता नेपाली बजारमा सुनको मुल्य लगातार बढिरहेको छ । आज साताको पहिलो दिन अर्थात् आइतबार पनि सुनको मुल्य बढेको छ ।

शुक्रबार प्रतितोला ६२ हजार २ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज तोलामा १ सय रुपैयाले बढेर ६२ हजार ३ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य प्रतितोला ६२ हजार रुपैंयामा किनबेच भइरहेको छ ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला ७ सय ८० रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement