के तपाईलाई थाहा छ ? मानिस गोरो वा कालो किन हुन्छ ? रोचक कारण जान्नुहोस !


एजेन्सी । सुन्दरता कुनैपनि बस्तु,जनवार र मानिसमा देखिने प्रकुतिक विशेषता जसलाई देख्दा आनान्दको अनुभुति हुने गर्छ । मानव शुन्दरताको कुरा गर्नुपर्दा कुनै मापदण्ड हुँदैन तर हाम्रो समाजमा गोरा मानिसहरूलाई नै सुन्दर मानिने चलन छ ।

मानिस गोरो वा कालो हुने आफ्नो नियन्त्रणको कुरा हैन । मनुष्यको शरीरमा मेलेनिन नामक पदार्थ हुन्छ जसले छालाको रंग निर्धारित गर्छ । सूर्यको प्रकाशको पराबैजनी किरणको सम्पर्कमा आउँदा मेलेनिन शरीरको कोशिकाबाट अत्यधिक मात्रामा निस्कन्छ र छाला कालो हुन्छ ।

शरीरबाट मेलेनिन धेरै उत्पन्न नभएमा छाला गोरो हुन्छ । यही कारणले नै हामी गोरा र काला हुन्छौं । यसबाहेक छालाको कालो रंग शरीरमा फोलेट नामक भिटामिनलाई नष्ट हुनबाट रक्षा गर्छ । कालो छालाले सूर्यको कडा प्रकाशलाई शरीरभित्र जानबाट रोक्छ जसबाट भिटामिन डी ३ को उत्पादनमा प्रभाव पर्छ । चिसो ठाउँमा बस्ने मानिसमा भिटामिन डी ३ को कमी हुन्छ जसकारण उनीहरूको छालाको रंग सेतो हुन्छ ।

शरीरमा भिटामिन डीको उत्पादन बन्द हुन्छ र छालाको रंग बदलिन्छ । अनि आनुवंशिक कारणले पनि छाला गोरो वा कालो हुन्छन् । यसबाहेक चिसो ठाउँका मानिस गोरा हुन्छन् भने तातो ठाउँका मानिस गहुँगोरा वा काला हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement