बिहारमा सीमाञ्चल एक्सप्रेस रेल दुर्घटना, ७ जनाको मृत्यु,२४ भन्दा धेरै घाइते


काठमाडौं । भारतको बिहारमा आइतबार बिहान करिब ३:३० बजे तिर रेल दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् ।  जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो ।

रेलका नौ डिब्बा लिकबाट उछुटि्टएर बाहिर निस्किएको छ । रेलवेका एक अधिकारी राजेश कुमारले दुर्घटनामा ७ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको जानकारी दिएका छन् । घटनास्थलमा सुरक्षाकर्मी, उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोली खटिएको छ । के कारणले रेल दुर्घटना भयो खुलेको छैन । दुर्घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement