बाजुरामा घटेन बँदेल आतंक : बँदेल आक्रमणबाट २ जना गम्भीर घाइते


माघ, २० माघ । बाजुरामा जंगली बँदेलको आक्रमण फेरी शुरु भएको छ । बँदेलको आक्रामणबाट २ जना घाइते भएका छन् ।

घाइते हुनेमा बडीमालिका नगरपालिका वडा-७ का २० वर्षीया गंगराज तिमिल्सेना र ५० वर्षीया प्रदीप रोकाया रहेका छन् ।

शनिबार साँझ ५ बजेतिर वडामा रहेको चिनेचौर जङ्गलमा काम गरिरहेको बेला एक्कासि जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको बडीमालिका नगरपालिका-७ का वडा अध्यक्ष धर्मराज पाद्यायले बताए ।

बँदेलले उनीहरू दुवैको टाउको, हात र खुट्टामा टोकेको छ । घाइते भएका दुवै जनाको अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ ।

सोही वडामा माघ १ गते ढम्कनेका सुरेन्द्र रोकायाका १५ वर्षीय छोरा रोशन घर नजिकैको जङ्गलमा हिउँ खेलिरहेको बेला एक्कासि जंगली बँदेलका आक्रमणमा परि घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement