फागुन ७ बाट राप्रपाले जानसंघर्ष शुरु गर्ने, छलफलका लागी आज बैठक बस्दै !


काठमाडौं, २० माघ । राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज बिहान साढे ११ बजेको लागि बोलाइएको छ ।

बैठक अर्पण व्यांक्वेटमा बोलाइएको राप्रपाले जनाएको छ ।

राप्रपा अध्यक्ष कमल थापाका अनुसार फागुन ७ बाट सुरु गर्ने संघर्षलगायतका मुख्य एजेण्डामा बैठक केन्द्रित हुनेछ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्ययोजनाको तयारी, राष्ट्रिय स्वाभिमान यात्रा र फागुन ७ बाट शुरु हुने जनसंघर्ष बैठकको मुख्य एजेण्डा हुन् ।’

हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मागसहित संघर्षको अभियान शुरु गर्ने राप्रपाको तयारी छ । संघर्षको कार्यक्रमले सशक्त जनमत एवं दबाव सिर्जना गर्ने उसको विश्वास छ । आजको अनलाइन खबरमा समाचार प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement