फागुन महिनादेखि निगमको ए ३३० वाइड बडी विमान सिधै जापान उड्ने


काठमाडाैं, २० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ए ३३० वाइड बडी विमानले फागुन महिनाभित्रै जापानी सहर ओशाका उडान भर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिरकणले निगमलाई विमान सञ्चालन अनुमतिपत्र प्रदान गरेसँगै जापान उडानका लागि बाटो खुला भएको हो ।

त्यसैगरी, निगमले आगामी चैतभित्रै चिनियाँ सहरहरूमा समेत उडान सुरु गर्ने योजना गरिरहेको छ ।

चीन, दक्षिण कोरिया र साउदी अरबमा निकट भविष्यमै उडानका लागि निगमले प्रयास गरिरहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग अहिले दुई वटा वाइड बडी, एक न्यारो बडी र एउटा बोइङ विमान छ ।

निगमले हाल नयाँ दिल्ली, बंगलोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारको उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement