दुखद खबर : भरतपुरमा एकाबिहानै बसको ठक्करबाट एक वृद्धाको मृत्यु !
भरतपुर, २० माघ । चितवनमा मिनीबसको ठक्करबाट आज बिहान एक वृद्धाको मृत्यु भएको छ ।
घटना बिहान ६ः१५ बजे भएको हो । पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा३ख २५६५ नंको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।
शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।