आजबाट समायोजन कर्मचारी समायोजन शुरु : उपसचिव सरहका कर्मचारीलाई आजै पत्र दिइने
काठमाडौं, २० माघ । नेपाल सरकारले आजदेखि उपसचिवको समायोजन प्रक्रिया शुरु गरेको छ ।
आज आइतबारबाट समायोेजनमा जाने उपसचिवलाई सरकारले समायोजन पत्र दिने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जाने समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए ।
उपसचिवले आफ्नो समायोजनपत्र आफै प्रिन्ट गर्नसक्ने व्यवस्सथा मिलाइएको छ । उनका अनुसार आइतबार करिब २ हजार जनाले अनलाइनबाट आफ्नो समाायोजनपत्र प्रिन्ट गर्न सक्नेछन् ।