औषधि केसँग खानु ठिक, केसँग खानु बेठिक ?


के तपाई औषधि खादै हुनुहुन्छ ? औषधि खाँदा ध्यान दिनु होला । चिकित्सक वा केमेष्टको सल्लाह बिना औषधि खाँदा रोग झन् बल्झने मात्र ज्यान पनि जोखिममा पर्न सक्छ । औषधि खाँदा ध्यान दिनुपर्ने सामान्य तरिका यस्ता छन् :

– धेरै तातो पानीसंग खानु हुँदैन, त्यसले औषधिको गुणस्तर घट्न सक्छ ।
– धेरै चिसो पानीसँग पनि औषधि खानु हुँदैन । औषधिको केमिस्ट्रीमा असर हुनन सक्छ ।
– मनतातो या बाहिर राखिएको (धेरै चिसो नभएको) पानीसँग औषधि लिनु सर्बोत्तम हुन्छ ।
– चिकित्सकले भनेको अवस्थामा बाहेक पानीसँग मात्र औषधि खानु पर्छ ।
– जुस, इनर्जी ड्रिंक र अल्कोहलसँग त कहिले पनि खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement