६ बलिउड अभिनेत्री, जसले करियर सफल हुदा हुदै आत्महत्या गरे


एजेन्सी। बलिउडका चर्चित कलाकारहरुले केहि न केहि कारणले गर्दा सफल जीवनलाई त्यागेर मृत्यु समेत रोजेका छन् ।
आज हामी तपाईलाई जनाकारी दिदै छौ कि बलिउडका कोको अभिनेत्रीले आत्महत्या गरे त ? हेर्नुहोस:

जिया खानः जिया खानको आत्महत्याको कारण पनि प्रत्युषाको जस्तै प्रेमलाई मानिएको छ। अभिनेता सुरज पाञ्चोलीकी प्रेमिका भनेर चिनिएकी जियाले सन् २०१३ मा आत्महत्या गरेकी हुन्। उनले अभिताभ बच्चनको ‘निःशब्द’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्।

दिव्या भारतीः सन् १९९० को दशकमा १९ वर्षको उमेरमै बलिउडमा ठूलै उचाई बनाइसकेकी थिइन्। यति कम उमेरमा सायदै चर्चित हुन्छ। उती त्यतिबेलै बलिउडमा नम्बर वान अभिनेत्रीमा गनिन्थिन्। चर्चित हुँदाहुँदै उनले सन् १९९३ अप्रिल ५ मा आत्महत्या गरिन्। त्यतिबेला उनी जम्मा १९ वर्षकी थिइन्। उनको आत्महत्याले बलिउड अझै चकित छ।

शिखा जोशीः शिखाले ‘बिए पास’ फिल्ममा छोटो भूमिका निभाएकी थिइन्। उनले गत वर्ष आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी थिइन्।

सिल्क स्मिताः दक्षिण भारतकी चर्चित अभिनेत्री सिल्क माथि त बलिउडमा ‘डर्टी पिक्चर’ नाममा फिल्म नै बनेको छ। उनले सन् १९९६ सेप्टेम्बर २३ मा चेन्नईस्थित अपार्टमेन्टमा पंखामा झुण्डिएर आत्महत्या गरेकी थिइन्।

परबिन बाबीः परबिन आफ्नो समयमा अत्यन्तै ग्ल्यामर अभिनेत्री थिइन्। अमिताभ बच्चन, जितेन्द्रजस्ता अभिनेतासँग उनले खेलेको कैयौं फिल्म हिट भएका थिए। चर्चित हुँदाहुँदै उनले आत्महत्या गरिन्। कतिले मधुमेहबाट उनको मृत्यु भएको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement