हाम्रै पाखा बारीमा फल्ने “अमला” स्वास्थ्यको लागि अमृत,जान्नुहोस अमलामा हुने अचम्मका गुणहरु


अमला एउटा फल जुन भिटामिनको राम्रो स्रोत हो । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ ।३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ भनीन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ ।यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यो एउटा सानो पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् ।

फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से।मी। व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् ।

आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् । यसको फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ ।

सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू संकलन गर्ने गरिन्छ। लगाइएको ७ र ८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ। करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुख

हरूबाट प्रति बोट वार्षिक ८० के।जी जति फल फल्दछ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ ।

अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ। तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement