साबधान ! सेक्सका बेला पुरुषलाई अत्याधिक हृदयघात हुने कारण यस्तो रहेछ
एजेन्सी – एक अध्ययनका अनुसार सेक्सका बेला पुरुषहरूलाई हृदयघात हुने सम्भावनाको खतरा अत्याधिक हुने गरेको छ । पुरुषलाई सेक्सका बेला चार गुणासम्म हृदयघात हुन सक्ने अध्ययनले देखाएको छ ।
अध्ययन गर्ने क्रममा हृदयघात भएका ८ पीडित व्यक्तिमध्ये अधिकांशलाई हृदयघात भएको र अस्पताल लगेर बचाइएको थियो ।
त्यसमध्ये एक जनाको मृत्यु समेत भएको समाचारमा उल्लेख छ ।
फ्रान्सको पेरिसस्थित यूरोपियन जार्जस पाम्पिडो हस्पिटलका डा.अरदलन शरीफजादेहगनले अध्ययनका बेला सेक्स गर्दा पुरुषलाई धेरै हृदयघातको संकेत देखिएको जनाएका छन् ।
डा. अरदलनले ३ हजारभन्दा धेरै व्यक्तिलाई परीक्षण गरेका थिए । जाँचका बेला कार्डियक अरेस्ट भएको थियो ।
२ सय ४६ जनाको शारीरिक गतिविधिमा समस्या भएको थियो । उनीहरूलाई हार्ट अटैक भएको थियो । जबकि १७ व्यक्तिलाई सेक्सका बेला हार्ट अटैक भएको थियो ।