महिलाहरुले सुत्नुअघि झुक्केरपनि गर्नुहुँदैन यी ४ गल्ति, घरमा शान्ति छाउनुको सट्टा हुनेछ अनिष्ठ !


एजेन्सी । हरेक परिवारमा छोरी मान्छे हुदा लक्ष्मीको बास हुन्छ भन्ने हाम्रो मान्यता हुन्छ । छोरी मान्छे घरमा हुदा परिवारमा खुसि शान्ति हुने गर्दछ ।

आज हामी तपाईहरुलाई महिलाहरुले घरमा रहँदा रातको समयमा गर्न नहुने केहि कामहरुको बारेमा बताउन जाँदै छौँ।

१. जुठो भाँडा नराख्नुहोस् : घरमा बेलुकाको खानापछि जुठो भाँडाहरु त्यतिकै नछोडनुहोला। खानपान पश्चात सबै भाँडाहरु राम्रोसँग सफा गरेरसुत्नुपर्छ । अन्यथा तपाईको घरबाट लक्ष्मी दूर हुनसक्ने भएकाले यी कुराहरुमा विशेष ध्यान दिन आवश्यक हुनेछ।

२. कपाल छोड्नुः घरका महिलाहरुले कहिल्यै पनि राती सुत्ने बेलामा कपाल छोड्नु वा बाँधेको कपाल फुकाएर सुत्नु हुदैँन । यसो गर्नाले घरमा नकारात्मक प्रभाव पर्ने गर्छ।

३.बढी खानुः सुत्नुभन्दा ठिक अघि कहिल्यै पनि खाना खानु हुदैँन । राती खाएको खानाले निद्रामा पनि प्रभाव पार्छ । साँझ खाईने खानाले निन्द्रा गहिरो हुन्छ की हुदैँन भन्ने थाहा हुन्छ । त्यसैले बेलुकी सुत्नु भन्दा करिब १ देखि २ घण्टा अगाडी खाना खानु उचित हुनेछ।

४. दुध वा दही दान नगर्नुहोस: रातको समयमा घरबाट दुध वा दही कसैलाई दिनु वा दान गर्नु अशुभ मानिन्छ । यसो गर्नाले घरको सुख–शान्ति छाउनुको सट्टा कलह वा झगडा हुन्छ । त्यसकारण यी कुराहरुमा घरका महिलाहरुले विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement